डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मार्गप्रशस्त गर्न सभामुखलाई गृहमन्त्री खाँणको प्रस्ताव : बिकल्प राजीनामा, महाभियोग वा अविश्वासको प्रस्ताव

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मार्गप्रशस्त गर्न सभामुख अग्नीप्रसाद सापकोटालाई प्रस्ताव गर्नुभएको छ ।  

सभामुख सापकोटाले एमालेले कार्वाही गरेका १४ सांसदको सूँचना टाँस नगरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयसम्म संसद अबरोध जारी राखेपछि मन्त्री खाँडले सभामुखलाई मार्ग प्रशस्त गर्न प्रस्ताव गर्नुभएको हो । 

एमसीसीका विषयमा सत्तापक्षीय गठबन्धनमा दरार आइरहेका बेला गृहमन्त्री खाँडको प्रस्तापलाई महत्वका साथ हेरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवनमै आज भेटेपछि खाँडको आएको यो प्रस्तावले अब मुलुकको राजनीतिक कोर्स फेरिन लागेको रुपमा बुझ््नु पर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । 

आजको छलफलमा पनि एमालेले पहिला आफ्ना माग पुरा गर्न र अरु विषयमा छलफल गर्न आउन प्रधानमन्त्री देउवालाई दवाव दिएको थियो । एमसीसीको विषय पेचिलो बन्दै गएपछि सत्तँरुढ दल नेपाली काग्रेंस सभामुखलाई हटाउनुपर्ने प्रस्तावमा लचिलो बन्दै गइरहेको बताइन्छ । 
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आजको छलफललगत्तै गृहमन्त्री बालकृष्ण खाँणलाई सभामुख सापकोटासँग भेट्न पठाईएको थियो । मन्त्री खाँणले सभामुख सापकोटालाई मार्गप्रशस्त गर्नको लागि आग्रह गरेको बुझिएको छ।

यदि सभामुखले राजीनामा नदिए महाभियोग वा अविश्वासको प्रस्ताव अघि सारेर हटाउने तयारी भएको कुरा मन्त्री खाँणले अग्रिम जानकारी दिइएको बताइन्छ ।  सभामुख सापकोटा भने कुनैपनि हालतमा पदबाट राजीनामा दिने पक्षमा छैनन् ।  सभामुख सापकोटाले एमसीसी संसद्मा टेबुल गर्न दिएपनि यसअघि देखिएको उनको भूमिका संसदीय मर्यादाअनुरुप नभएमा  कांग्रेस नेताहरुपनि सहमत छन्  । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : ४५ बजे