दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालको थप बिजुली किन्न भारत तयार

काठमाडौं । नेपालको थप बिजुली किन्न भारत सहमत भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी) को बिहीबार बसेको बैठकमा भारतले नेपालको बिजुली किन्ने सहमति जनाएको हो।

सहमती अनुसार भारतको बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारणलाइन बनाउन संयुक्त कार्यदल बनाएर अध्ययन गर्ने सहमति दुई पक्षबीच भएको छ। त्यसैगरी नेपाल र भारतबीच संयुक्त लगानीमा जलविद्युत् आयोजना बनाउनपनि अध्ययन कार्यदल गठन हुने भएको छ।

न्यू बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन बनाउन दुई महिनाभित्र संयुक्त कम्पनी खोलिसक्ने सहमति पनि बैठकमा भएको छ। 

नेपालले गत कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा ‘इन्डियन इनर्जी एक्स्चेन्ज’मा बिजुली बेच्न थालेको थियो।  ८ वटा आयोजनाको साढे ८ सय मेगावाटभन्दा बढी बिजुली भारतमा बेच्नका लागि नेपालले अनुमति मागिरहेको छ।

भारतले भने २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्न अनुमति दिएको थियो। अब भने उसले माथिल्लो तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि किन्ने  छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : १६ बजे