डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

राप्रपा नेपाल भक्तपुर अध्यक्षमा माधव खत्री चयन

भक्तपुर । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले जिल्ला कार्यसमिति धमाधम गठन गर्न थालेको छ । राप्रपा नेपाल समर्थित कार्यकताहरुको आज सम्पन्न भेलाले राप्रपा नेपालको भक्तपुर जिल्ला कार्यसमिति गठन गरेको छ । माधव खत्रीको अध्यक्षतामा गठित भक्तपुर जिल्ला कार्य समिति ४३ सदस्यीय रहेको छ ।

नवगठित समितिको सदस्यहरूमा श्याम प्रसाद नेपाल, गोपाल प्रसाद तिमल्सिना, विष्णु प्रसाद तिमल्सिना, विष्णु प्रसाद त्वनावासु, ध्रुव गिरी, गणेशदास मानन्धर, शम्भु प्रसाद लामिछाने, कुश बहादुर थापा, कृष्ण वानिया, उमेश विष्ट, विजय खड्का, प्रवेश जंग के.सी., संगिता लाखाजु, सुरेश कुमार खड्का, राम बहादुर थापा, राजेश वादे, दयाराम धुकुछु, दिनेश जोशी, हरिशरण अधिकारी, विजय दाहाल, चन्द्रकृष्ण प्रजापति, राजन कार्की, मनोज तिमल्सिना, ज्ञानेन्द्र पन्त कृष्ण बहादुर श्रेष्ठ, नारायणी बस्नेत, संगीता खत्री कार्की, रुपा गिरी, विकास खत्री, गोपाल वि.क., सरिता श्रेष्ठ, सरिता कुँवर, मनु भण्डारी, हरि बहादुर थापा, सुजन नापित, उमेश राजलवट, रमेश सुवाल, मदनकृष्ण नापित, उषा खुलीमुली, विजय श्रेष्ठ,  शनि नापित र रेणुमैया धुकुछु रहनुभएको छ ।

नवगठित जिल्ला कार्यसमितिको आजै सम्पन्न पहिलो बैठकले राप्रपा नेपाललाई पुरानै राप्रपा नेपालको स्थितीमा पु¥याउन जिल्ला कार्य समिति हदैसम्म सक्रिय रहँदै आगामी स्थानीय निकायको निर्वाचनमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने दृढता व्यक्त गरेको छ ।

तत्काल क्षेत्रीय कार्य समिति, नगरपालिका कार्य समिति तथा भक्तपुरका सबै वडामा वडा कार्य समिति गठन गरी स्थानीय निकाय निर्वाचन लक्षित कार्यक्रममा जुट्ने जिल्ला अध्यक्ष माधव खत्रीले बताउनुभयो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : ११ बजे