डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

संसद बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने 

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । 

सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । 

‘सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको छ । अब भोलि दिउँसो १ बजे बस्नेछ,’ जसपा प्रमुख सचेतक प्रमोद शाहले बताए । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : १५ बजे