‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘रुसी सेना युक्रेनी सीमा पार गर्‍यो’

किभ । रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ । रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा (डीपीएसयू) ले जनाएको छ । 

सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ । आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन् । शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : १४ बजे