सुनको मूल्यमा नयाँ कीर्तिमान

बन्दुकसहित तीन पक्राउ

कैलाली। सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एक थान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको  प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिनुभयो ।

गुडिरहेको से २ प ८९२ नं को बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एक थान बन्दुकसहित पाँच थान बन्दुकमा प्रयोग हुने टोटा÷कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १ : ५३ बजे