कीभ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गर्नुभएको छ ।
गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ।
कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् ।
नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ । रासस
प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार १ : ०१ बजे
प्रतिक्रिया