दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य २ हजार ५०० ले बढेर एक लाख नजिक पुग्यो

काठमाडौँ । सुनको मूल्य आज प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेको छ  । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।   बुधवार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको थियो ।  

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधवार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा  निर्धारण भएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : २६ बजे