दलित गाउँका पहिलो शिक्षक

पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा  विस्फोट 

मस्को । पूर्वी युक्रेनको विखण्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा विस्फोटका ठुला आवाज सुनिएको बिबिसीले जनाएको छ । 

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा विस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आ–आफ्ना घर जान अनुरोध गरेका छन् । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठुलो युद्धको सुरुवात हुन सक्ने  बताउनुभएको छ  ।

वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्किीले बताउनुभएको छ  । 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १० : ०३ बजे