दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालको परराष्ट्र नीतिबारे मदन भण्डारीको अवधारणा सम्बन्धी शोध प्रतिवेदन प्रस्तुत

​​​​​​​काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको स्नातकोत्तर तहमा अध्ययनरत छात्र उपेन्द्र शाहीले “नेपालको परराष्ट्र नीतिबारे मदन भण्डारीको अवधारणा: राष्ट्रिय हित संरक्षण र वैदेशिक सम्बन्ध सञ्चालन गर्ने विचार” विषयक शोध प्रतिवेदन मदन भण्डारी फाउण्डेशन अध्ययन संयोजन समिति समक्ष प्रस्तुत गर्नुभएको छ । 

सो अवसरमा फाउण्डेशन शिक्षा अध्ययन अनुसन्धान विभागका संयोजक एवम् पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रा.डा.प्रेम सागर चापागाईँ, डा.दीपक अर्याल, डा.कुन्दन अर्यालले शोधबाट प्राप्त विषयमा आ–आफ्ना राय राख्नुका साथै भावी दिनका लागि आवश्यक सुझावहरू दिनुभएको थियो ।

शोध प्रतिवेदन प्रस्तुत कार्यक्रममा फाउण्डेशनका सचिव पेम्बा लामाले शोध प्रतिवेदनलाई प्राप्त सुझावहरूलाई समावेश गरी फाउण्डेशनले अनुसन्धान पत्रको रूपमा प्रकाशन गर्न सक्ने जानकारी दिनुभयो ।

२०७८ कात्तिक ८ गते फाउण्डेशन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागबिच अध्ययन–अनुसन्धान अनुदान दिने बारे सम्झौता भएको थियो । 

मदन भण्डारी अध्ययन–अनुसन्धान कार्यविधि अनुसार स्नातकोत्तर तहलाई ६० हजार, एमफिल तहलाई १ लाख र विद्यावारिधि तहलाई ३ लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ । त्यसका लागि फाउण्डेशनले मदन भण्डारी अध्ययन अनुसन्धान कोषको स्थापना समेत गरेको छ । 

त्यस्तै, २०७८ असार १२ गते मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालयका विभिन्न सात वटा विभागहरुबिच उच्च शिक्षामा जननेता मदन भण्डारीद्वारा प्रतिपादित मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादबारे अध्ययन अनुसन्धान गर्ने बारे सम्झौता भएको थियो । 

अध्ययनले जननेता मदन भण्डारीको व्यक्तित्वलाई उजागर गर्न र जनताको बहुदलीय जनवादको व्यवहारिक कार्यान्वयनका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ । 

उक्त कार्य सम्पन्न गर्नका लागि फाउण्डेशन सामाजिक अभियान विभागका संयोजक सुशील प्याकुरेलको संयोजकत्वमा पाँच सदस्यीय कोष व्यवस्थापन समिति निर्माण गरिएको छ । 

त्यसैगरी, फाउण्डेशन शिक्षा अध्ययन अनुसन्धान विभागका संयोजक एवम् पूर्व परराष्ट्र मन्त्री पाण्डेको संयोजकत्वमा फाउण्डेशनका सचिव लामा, प्रा.डा. चापागाईँ, डा.दीपक अर्याल, डा.कुन्दन अर्याल रहेको अनुसन्धान समन्वय समितिमा निर्माण गरिएको छ, जसमा विषय विज्ञ रहने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ८ : ०२ बजे