लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोसपाले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हो ।

सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो । यससँगै बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ ।

बिहीबारको प्रतिनिधि सभामा एमसीसीमाथि बहस सुरु हुने छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ०७ बजे