दलित गाउँका पहिलो शिक्षक

बुर्किना फाँसको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु 

बुर्किना । बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको बिस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । बिस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् । 

घटनास्थलहरुमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटन स्थल वरपर रुखहरु ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ । 

बिस्फोटमा घाईते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  २ : ०१ बजे