फुटको संघारमा जसपा 

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)मा फुटको सँघारमा पुगेको छ । पछिल्लो समय पार्टीमा बढेको विवाद चुलिएपछि जसपा फुट्को सँघारमा पुगेको हो ।  जसपाका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच जारी मनमुटाब घट्नुका साटो झन्झन् बढिरहेका छन् ।

भट्टराई र यादव बीच एमसीसी बारे फरक मत छ । उसोत माओवादीबाट विद्रोह गरेर आएका भट्टराइलार्ई पछिल्लो समय यादवले माओवादी अध्यक्षसँग बटाएको हिमचिम समेत ठिक लागिरहेको छैन । भट्टराई पक्षधरहरू पार्टी अध्यक्ष यादव राष्ट्रिय मूलधारको राजनीतिमा आइपुग्दा पनि मधेसमा मात्रै सीमित भएकाले पनि पार्टी फुटको सँघारमा पुगेको आरोप लगाउँछन् । । त्यस्तै डा। भट्टराईले समावेशी र सामूहिक नेतृत्वको कुरा गर्दा यादवले भने नेतृत्व केन्द्रीकरण गर्न चाहेकाले पनि जसपा फुट्को विकल्प छैन । 

अझ एमसीसीको पक्षमा यादवको मौनताले भट्टराई पक्षधर क्रुद्ध छ । एमसीसी टेबल भएर पास या फेल गर्ने समय आउनै लाग्दासमेत अहिलेसम्म जसपा संसदीय दलको बैठक बस्न सकेको छैन । न त छलफल नै चलेको छ । केन्द्रीय बैठक त दुई वर्षदेखि कराउँदा–कराउँदा गत फागुन १३ गते बल्ल बोलाइएको थियो ।

अध्यक्ष यादव अहिले पाटीमा अल्पमतमा छन् जसकारण पनि उनी हतारमा कुनै बैठक राख्न चाहिरहेका देखिँदैनन् । यही कारण जसपा फुट्को सँघारमा पुगेको जसपाका भित्रैका नेताहरूको भनाई छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १ : ५५ बजे