दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुन तोलामा पाँच सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज  सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार मङ्गलवार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, बुधवार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मङ्गलवार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ०७ बजे