बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटे बाघको आक्रमणबाट मृत्यु भएको हो । 

मङ्गलवार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको छ । रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : २४ बजे