लोसपा संसदीय दलको बैठक बस्दै : एमसिसीका विषयमा छलफल हुने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेका लागि बैठक तय भएको छ  । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लगायत समसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा) को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ ।

उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।

एमसिसी सम्झौता छलफलका लागि सदनमा पेस भइसकेको अवस्थामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्त्वका साथ हेरिँदै आएको छ । रासस

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : १५ बजे