दलित गाउँका पहिलो शिक्षक

अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने

न्युयोर्क । रुसी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताउनुभएको छ ।  

रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उहाँले युक्रेनलाई आश्वासन दिनुभएको हो। 

त्यस्तै, पूर्वी युरोपमा नेटो गठबन्धनलाई मजबुत बनाउन अमेरिकी सेना परिचालन गर्ने उहाँले बताउनुभयो । 

“हाम्रो व्यालेस्टिक गठबन्धनअन्तर्गत रहेका देशहरु– इस्टोनिया, लातिभिया, लिथुनियालाई मजबुत पार्न यसअघि युरोपमा रहेका अमेरिकी फौजलाई थप परिचालन र हयियारका लागि अधिकार दिएको छु”, राष्ट्रपति कार्यालय ह्वाइ हाउसबाट एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले भन्नुभयो । 

“मलाई स्पष्ट हुन दिनुहोस्, यी हाम्रो तर्फबाट पूर्णतया रक्षात्मक कदम हुन”, उहाँले भन्नुभयो । एजेन्सी

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ५२ बजे