वरिष्ठ लोकगायक जयनन्द लामाको निधन

काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।

कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

उहाँ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ धार्पाका स्थायी बासिन्दा हुनुहुन्छ ।  पाँच दशकअघि गायन यात्रा सुरु गर्नुभएका लामा ख्यातिप्राप्त लोकगायक, सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ११ बजे