प्रधानमन्त्री देउबा र अध्यक्ष ओलीबीचको भेटवार्ता सकियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री देउवासँग करिब दुई घण्टा लामो भेटवार्ता पछि एमालेका अध्यक्ष ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल बालुवाटारबाट बाहिरिनुभएको छ ।

करिब दुई घण्टा लामो वार्तामा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि अध्यक्ष ओलीसँग आग्रह गर्नुभएकाे थियाे। अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा देउवालाई पुनः स्पष्ट पार्नुभएको थियाे । 

वार्तामा अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव बिष्णु रिमालको समेत  सहभागीता थियो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ४१ बजे