प्रधामन्त्री देउवा र ओलीबीचको भेटवार्ता जारी, पोखरेल र रिमाल पनि सहभागी

काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ।

मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६:३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गर्नुभएको  थियो । 
ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि छलफलमा बस्नु भएको छ । 

भेटका क्रममा उहाँहरूबीच वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ३० बजे