दलित गाउँका पहिलो शिक्षक

विश्वभरी नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग

पेरिस – विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ ।

आर्थिक तथा विकास सहकार्य संगठन (ओइसीडी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१९ मा ४६० मिलियन टन प्लाष्टिक प्रयोग भएको थियो ।

यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि ओइसीडीका अधिकारीहरूले जानकारी दिएका छन् । 

प्रयोग भएकामध्ये १९ प्रतिशत प्लाष्टिक जलाउने गरेको पाइएको छ भने ५० प्रतिशत प्लाष्टिक माटो र पानीमा मिसिने गरेको छ । 

विश्वभरी प्लाष्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो बर्षको तुलनामा २.२ प्रतिशतले घटेको छ ।

रासस÷एएफपी

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ०३ बजे