‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भीष्मराज बने टेनिसको नवप्रवेशी च्याम्पियन 

पोखरा । भीष्मराज पौडेल टेनिसमा नवप्रवेशीतर्फ कास्की च्याम्पियन बनेका छन् । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा राजेश गुरुङलाई ६–३, ६–३ को सोझो सेटमा हराएर पौडेल कास्की च्याम्पियन बनेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उपाधी पहिलो पटक पौडेलले उचालेका हुन् 

प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धा समेत मंगलबार देखि नै सुरु भएको छ । पहिलो दिनका खेलहरूमा राजु गुरुङ, रोबर्ट जे. हान, राजन पौडेल, नवीन चालिसे, केवी लामा, नवीन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने र इन्द्र गुरुङ विजयी भएका छन् । सिंगल तथा डबल्सतर्फका दुवै खेलमा झण्डै ४० खेलाडीको सहभागिता रहेको संघका सचिव नवीन श्रेष्ठले जानकारी दिए ।

सिनियर तर्फको स्पर्धामा एकल विजेताले १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ४८ बजे