काठमाडौँ । नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । यो संगै नेपालको टी–२० विश्वकप खेल्ने सपना अधुरै बनेको छ ।
ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार यूएईसँग भएको सेमिफाइनलमा खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।
सुरुमा ब्याटिङ्ग गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन जोडेको थियो । यूएईलाई पछ्याउँदै नेपालले १८.४ ओभरमा सवै विकेट गुमाएर एक सय सात रनमा सिमित भयो ।
समूह चरणको खेलमा बलिङमा सानदार प्रदर्शन गरेको नेपालले यूएईविरुद्ध कुनै चमत्कार देखाउन सकेन । नेपालले ब्याटिङमा पनि पुरानै कमजोरीलाई निरन्तरता दियो । समूह चरणमा भने नेपालले सानदार प्रदर्शन गरेको थियो ।
नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।
प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार ७ : १६ बजे
प्रतिक्रिया