बाटो खनेको हेर्नेक्रममा ढिस्को खसेर मृत्यु

वाग्लुङ –  बडीगाड गाउँपालिका-७ गोठान बस्ने ६० वर्षीय गोपिराम बिकको सोही ठाउँस्थित बाटो खनिरहेको हेर्नेक्रममा बसिरहेको ढिस्को खसेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै घटनामा सोही ठाउँ बस्ने ४० वर्षीय कृष्ण बिक र २४ वर्षीय दुर्गा बिक सामान्य घाइते भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ०९ बजे