वैशाख ३० को चुनाव रोक्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं  । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मधेश प्रदेशमा रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आज न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

यसअघि सर्वोच्च प्रशासनले रिट निवदेन दरपीठ गरेको थियो। त्यसविरुद्ध उनले दिएको निवेदन दर्ता गरेर सर्वोच्चले सुनुवाइ थालेको थियो।

सर्वोच्चको यो आदेशसँगै अब वैशाख ३० मा स्थानीय निर्वाचन हुने नहुने अन्योल हटेको छ। अब सरकारले घोषणा गरे अनुसार नै निर्वाचन कार्यक्रम अघि बढ्ने भएका छन्। 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : ४५ बजे