माओवादी छाडेर एमाले प्रवेश गरे क्याप्टेन रूपबहादुर श्रीस

गुल्मी । नेकपा माओवादी केन्द्रका चर्चित नेता क्याप्टेन रूपबहादुर श्रीस आफ्नो २८ जना प्रभावशाली टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

गुल्मीको कालीगण्डकी गाउँपालिकाको पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा श्रीससहितका नेता तथा कार्यकर्ता आज एमाले प्रवेश गर्नुभएको हो । उहाँहरूलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गर्नुभयो । सो कार्यक्रमा नेपाली कांग्रेसका पूर्व वडासभापति चामबहादुर श्रीस पनि एमाले प्रवेश गर्नुभएको छ ।

एमाले प्रवेश गर्दै श्रीसले मुलुकको समृद्धिको बाधक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको तथ्य प्रमाणित भइसकेको कारण आफू एमाले प्रवेश गरेको बताउनु भयो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : १० बजे