भक्तपुर । प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेका छ ।
भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।
प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् । अन्य ७७ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ ।
यसअघि पनि प्रहरीले काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेकोथियो ।
प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार ३ : ४७ बजे
प्रतिक्रिया