गठबन्धनले दोहोरो चरित्र र तमासा देखायो : विष्ट

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले  सत्ता गठबन्धनले एमसीसी  संसद्‌मा टेबल गरेर दोहोरो चरित्र देखाएको बताउनुभएको छ  । 

मंगलबार गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाट्न गर्नुहँदै उहाँले सत्ताधारी गठबन्धनबाट एकातिर एमसीसी संसद्‌‌मा पेश गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाइरहेको बताउनुभयो । 

विष्टले एकातिर सत्तागठबन्धनका मन्त्रीहरूले भोट हाल्न पाउने तर अर्कोतिर सांसदले बहिष्कार गरे झैं गरी नाटक मञ्चन भइरहेको बताउनुभयो । 

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : ३७ बजे