दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य प्रतितोला रु ९७ हजार

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ७०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ । रासस​​​​​​​

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ३६ बजे