सुनको मूल्यमा नयाँ कीर्तिमान

रेष्टुरेन्टमा बन्धक बनाइएका तीन किशोरीको उद्धार

धनगढी । कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएको छ । धनगढीको मुख्यबजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती  किशोरीहरूको सोमबार उद्धार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको सूचना पाएपछि छनबिन सुरु गरेको बताए । उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदिएको गरेको गुनासोपछि छानबिनन गरिएको हो ।

किशोरीहरूलाई बन्धक बनाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको छ । रेष्टुरेन्टमा युवतीहरूलाई बन्धक बनाएको भन्ने उजुरी मानव अधिकारसम्बन्धी संस्थाले दिएको प्रवक्ता जोशीले बताए । किशोरीहरूले यौनशोषण भने नभएको बताएका छन् ।
 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ३८ बजे