थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ को मृत्यु

काठमाडौं – नेपालमा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १४० नमुना परीक्षण गर्दा ३८८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप १ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । 

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ४ जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९२५ पुगेको छ ।  

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : २२ बजे