पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिए : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताउनुभएको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उहाँले  राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका कारण काजी पाँडे मारिएको बताउनुभएको हो । 

‘पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियान राम्रो हो । तर, पृथ्वीनारायण शाहले गलत नै गर्र्र्थैन थे भन्ने होइन,’ उनले भने, कीर्तिपुरमा आक्रमण गर्दा पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडेको निधन भएको हो ।’ 

यसबारे उहाँले थप भन्नुभयो , ‘कालु पाँडे अहिले कीर्तिपुरमा आक्रमण गर्नुहुँदैन भनेका थिए । पृथ्वीनारायण शाहले कालु पाँडेका कारण युद्ध हारिने भयो भने । त्यसपछि उनी पनि आक्रमण गर्न राजी भए । कीर्तिपुरमा पाँँच हजार सेना तयारी अवस्थामा थिए । यता एक हजार २०० थिए । यस कारण १८१४ जेठ १९ गते कीर्र्तिपुर आक्रमण गर्दा कालु पाँडे मारिए ।’ 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ३ : ५० बजे