थप ८,२२७ जनामा कोरोनाको संक्रमण पुष्टि, १९० को मृत्यु

काठमाडौँ – ​​​​​​​ देशभर थप ८ हजार २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा  थप ८ हजार २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किसकेका छन् । 

हाल देशभर एक लाख १५ हजार ८५२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

त्यस्तै आज थप १९० जनाको कोरोनासंक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ। 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ४८ बजे