काँग्रेस र माओवादी एमालेलाई देखाएर एक–अर्कामाथि हाबी हुने दाउमा : उपमहासचिव रिमाल 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  एक-अर्कामाथि हाबी हुन खोजेको आरोप लगाउनुभएको छ ।  

एमसीसीको मामलामा सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी दुई दलले एमालेलाई देखाएर हाबी हुन खोजेको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत उहाँले सत्ता गठबन्धन ‘घ्यू बेचुवा र तरबार बेचुवा’ जस्ता भएको भन्नुहुँदै हुँदै एमाले सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने र क्याबिनेटमा सुरक्षा टाइट गर्ने, प्रमुख प्रतिपक्षलाई विरोधमा उत्रिन बाध्य पार्ने गठबन्धनको नियत भएको बताउनुभएको छ । 

‘गठबन्धन’ वालाहरू घ्यू बेचुवा र तरबार बेचुवा’ जस्ता प्रमको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एक–अर्कामाथि हाबी हुने दाउमा छन्”,  उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने !” सामाजिक सञ्जाल उहाँले लेख्नुभएको छ।  

सत्ता गठबन्धन कपटपूर्ण ढङ्गमा अघि बढेको भन्नुहुँदै उहाँले हाउस’ मा दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर ‘बहस पनि यसैगरी, निर्णय पनि यसैगरी’ हुने भन्दै कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’ रहेको बताउनुभएको छ ।

उहाँले चिची पनि मलाई,पापा पनि मलाईको कपटपूर्ण अभ्यासमा ‘गठबन्धन’रहेको  समेत बताउनुभएको छ । 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ०० बजे