एमालेको सचिवालय बैठक सुरु

वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस

वाशिङ्गटन डिसी । नेपालको ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झन्डोत्तोलन गर्नुभयो । 

कार्यक्रममा खरेलले अमेरिकामा बस्दै आउनुभएका नेपालीलाई शुभकामना सन्देश दिनुभएको थियो ।

यसैगरी महावाणिज्य दूतावास न्यूयोर्कमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गान, दीप प्रज्वलन र झण्डा फहराइएको थियो । 

कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले प्रजातन्त्र दिवसको महत्त्व र देनमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ०० बजे