एमालेको सचिवालय बैठक सुरु

एमसीसी टेबल भएपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन  सरकारले संसद्‌मा एमसीसी प्रस्ताव पेस गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरेको छ  

आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी टेबल गरेपछि  प्रतिनिधिसभाको बैठक स्थगित गरेको हो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल भएपछि अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाएका छन्  ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ३१ बजे