एमालेको सचिवालय बैठक सुरु

एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धन आवद्ध दलले नै गरे विरोध

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् ।

बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीको विरोध गरे ।

उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरे ।जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि खुलेर एमसीसीको विरोध जनाइन् । एमसीसी टेबल हुँदै गर्दा गठबन्धनका नेता झलनाथ खनालले पनि उभिएर त्यसको विरोध गरे। 

एमसीसी टेबल हुँदै गर्दा नेता खनालले उभिएर नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : २७ बजे