सभामुखलाई रावलको प्रश्न : राष्ट्रघाती एमसीसी कुन कानुनको आधारमा पेश गर्नु भयो ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराएको विषयमा नेकपा एमालेका नेता भिम रावलले विरोध गर्नु भएको छ ।

एमसीसी राष्ट्रघाती संझौता भएको भन्दै रावलले संसदमा प्रतिपक्षी दलको अवरोधका बीच संझौता टेबल गराउनु राष्ट्रघाती भएको बताउनुभयो ।  

उहाँले एमसीसी संसद्मा पेश गर्ने संघीय कानुन समेत नभएको भन्दै कुन कानूनका आधारमा संसद्मा पेश गरिएको भन्दै प्रश्न गर्नुभयो । 

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ । ​​​​​​​

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ०१ बजे