‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त हुनुभएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो ।

शपथ ग्रहणपछि डा कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गर्नुभएको उहाँका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : ५० बजे