कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु 

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकले आइतबार दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ । 

यसअघि, बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी हुनुहुन्छ।  

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : १९ बजे