एमालेको सचिवालय बैठक सुरु

एमसीसी टेबुल गर्ने निर्णयप्रति आपत्ति प्रकट गर्दै नेता खनालले भने विदेशीको दबाबमा पार्टीहरू झुके 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबुल गर्ने निर्णयप्रति आपत्ति जनाउनुभएको छ । 

उहाँले संविधान विपरीत गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको समेत आरोप लगाउनुभयो । “एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसद्मा टेबुल गर्न सकिँदैन । यो संविधान विपरीत पनि छ” उहाँले भन्नुभयो । 

शनिवार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

“हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरू भए । विदेशीहरूको दबाबमा पार्टीहरू झुक्दै गएको कुरा यसले देखाउँछ”, उहाँले भन्नुभयो । 

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आज बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको उहाँले जनाउनुभयो । 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : १३ बजे