‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै

काठमाडौँ । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदै छ ।   

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । दिउँसो १ः०० बजे हुने पहिलो खेलमा जावलाखेल यूथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोलीको लक्ष्य शीर्ष छ मा टुङ्गाउने हुनेछ र दुवैको योजना जित रहेको छ । 

जावलाखेल ११ खेलमा ११ अङ्क जोडेर दशौँ स्थानमा छ ।  हिमालयन ११ खेलमा १३ अङ्क जोडेर नवौँ स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमुने सामुने हुनेछन् । 

लिग मच्छिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ । एन आर टी तालिका सुधार गर्न चाहन्छ ।

मनाङ ११ खेलमा २० अङ्क जोडेर दोस्रो स्थानमा छ । एनआरटी ११ खेलमा १७ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : २२ बजे