दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको बाइडेनको दाबी  

न्युयोर्क । अमेरिकी  राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गर्नुभएको छ  । 

रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उहाँले बताउनुभएको छ । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउन सक्ने उहाँको भनाई छ । 

“मलाई यो विश्वास छ की उहाँले निर्णय गर्नुभएको छ”,  राष्ट्रपति पुटिनलाई सङ्केत गर्दै बाइडेनले भन्नुभयो । तर, रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । 

यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरुको क्षेत्रमा सेनाले गोलाबारी गरेपछि त्यस क्षेत्रका स्थानीय रुसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले जनाएका छन् । 

रुस र युक्रेनको सीमामा ठुलो सङ्ख्यामा युक्रेनी जम्मा भएको र उनीहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा नजिकै शरणार्थी शिविरहरू स्थापना गर्न र आपत्कालीन सहायता गर्न आदेश दिएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।एजेन्सी

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ०३ बजे