एमालेको सचिवालय बैठक सुरु

सामाजिक काममा सक्रिय युवालाई प्रोत्साहन गरिनेछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक काममा सक्रिय युवाहरूलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय युवा सङ्घ, नेपाल काठमाडौँ महानगर कमिटी तथा क्षेत्र नं ५ ले शनिवार महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको उल्लेख गर्दै भन्नुभयो, “राजनीति पनि देश र जनताको हितकै लागि हुन्छ, समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ, युवाहरू यस्तो काममा प्रेरित हुनुपर्छ, तपाईंहरुलाई म र पार्टीको प्रोत्साहन रहने छ ।”

सो कार्यक्रममा १५० जनाले रक्तदान गरेको सङ्घका काठमाडौँ महानगरका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य नारायण सिलवाल, एमालेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ५८ बजे