अहिलेको ‘तिकडमबाजी सरकार’ धेरै दिन टिक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चिलरहेको गठबन्धनको सरकार धेरै लामो समयसम्म नटिक्ने बताउनुभएको छ ।  पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताउनुहुँदै ओलीले  आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँनुभयो । ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गर्नुभयो । 

यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं’, ओलीले भन्नुभयो’, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’  ओलीले बर्तमान  गठबन्धनलाई स्वार्थी गठबन्धनको शंज्ञा दिनुहुँदै यो सरकार बढीमा एक वर्ष टिक्ने बताउनुभयो । ‘यसको आयु बढीमा एक वर्ष। संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् ।’ ओलीको भनाई थियो । 

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा बोल्नुहुँदै  अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताउनुभयो । उहाँले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताउनुभयो  । उहाँले भन्नुभयो – देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।
अध्यक्ष ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताउनुभयो  । यसका लागि आजैदेखि तयारी थाल्न उहाँले आग्रह गर्नुभयो  । उहाँले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताउनुभयो ।  

अध्यक्ष ओलीले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने बताउनुभयो । 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : ३४ बजे