पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशमा कुनै उल्लेखनीय प्रणाली छैन । बिहान तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको आङ्कलन छ ।

आइतबार पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

सोमबार पहाडी भू–भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

​​​​​​​आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०७८ फागुन ०७ गते (शनिवार)
दिउँसो
: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन ०८ गते (आइतबार)
दिउँसो :
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राती : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन ०९ गते (सोमबार)
दिउँसो : 
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : १७ बजे