प्रचण्ड र माधव नेपालले दोहोरो चरित्र बन्द गर्नुपर्छ : ​​​​कमल थापा

​​​​​​​काठमाडौँ –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव नेपाललाई  दोहोरो चरित्र बन्द गर्न आग्रह गर्नुभएको छ । 

सामाजिक संजाल फेसबुक मार्फत अध्यक्ष थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव नेपाललाई  दोहोरो चरित्र बन्द गर्न आग्रह गर्नुभएको हो । उहाँले ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् ’ भन्दै टिप्पणी गर्नुभएको छ । 

अध्यक्ष थापाले प्रचण्ड र माधव नेपाललाई एमसीसीको विरुद्धमा हो भने खुलेर प्रतिवाद गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’​ ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको भन्दै लेख्नु भएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : २५ बजे