एमसीसीमा कुरा नमिले गठबन्धनको औचित्य समाप्त : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काग्रेंससँग माओवादी केन्द्रले छलछाम गरेको बताउनुभएको छ । उहाँले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने बताउनुभएको छ ।
संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ ५ दलीबीच कुरा नमिले गठबन्धन यथावत नरहने बताउनुभयो । 

‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’ थापाले भन्नुभयो ।  

थापाले गठबन्धनभित्रै बाट काग्रेंसलाई छलछाम भइरहेको बताउनुभयो । ‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन’, थापाको भनाई थियो । 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ३५ बजे