एमसीसी : सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

काठमाडौं । मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । 

सत्तारुढ दल माओवादी केन्द्र र माधव नेपालका कार्जेकर्ताहरुकाे  अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको हाे ।

शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : १८ बजे