‘एउटै नाउरको सिकार गर्न २३ लाख’

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ – चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
 
तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो ।
 
तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर र  १० थान कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।  स्वास्थ्य सामग्री बोकेका कार्गो स्थलमार्गबाट नेपाल लैजान कुनै रोकावट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ ।
 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १ : ३९ बजे